हेमजा भेट्रान्स कप: वडा ६, १० र २५ क्वाटरफानलमा प्रवेश
पाेखरा | असार ३, २०८१
हेमजा: हेमजा यूनाइटेडको आयोजना जारी अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ को दोस्रो दिन ३ खेल सम्पन्न भएको छ ।
वडा ६ ले वडा१५ लाई २–० गोल अन्तरले पाराजित गर्दै अन्तिम आठमा स्थान बनायो ।
यस्तै वडा १० ले वडा २० लाई ३–१ गोलले हरायो । वडा २५ ले वडा २९ लाई ५–२ को गोल अन्तरले पराजित गर्दै वडा न ६, १० र २५ क्वाटरफाईनलमा प्रवेश गरेको हो ।
असार ७ गतेसम्म चल्ने अन्तर वडास्तरीय हेमजा भेट्रान्स कप २०८१ को प्रथम पुरस्कार रु १ लाख १ हजार १ सय ११ र द्धितिय पुरस्कार ५५ हजार ५ सय ५५ रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमणपत्र रहेको छ ।
साथै सर्वोकृष्ट खेलाडीलाई नगद रु ५ हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिलडर, फरवार्डलाई प्रत्यक विधामा नगद रु २ हजार साथमा ट्रफी प्रदान गरिने छ ।
क्वाटरफाईनल देखिका खेलहरुमा म्यान अफ दि म्याच घोषित गरि ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

